बुधबार, कार्तिक १२, २०८२

करार सूचीका उम्मेद्वारले रोजे कानुनी उपचार

पुस ११, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित पञ्चकन्या आधारभूत विद्यालयले करार सूचीमा रहेको शिक्षकलाई पनि परीक्षा गर्न बाध्य बनाएको भन्दै सम्बन्धित निकायमा उजुरी दिएका छन् ।

बुधबार शिक्षा विकास समिति तथा समन्यव इकाई, विराटनगर मोरङ र शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीलाई उजुरी दिएका हुन । जिल्लाको करार सुचि नम्बर ११६ मा रहेको वडा नं. ३ का नवराज सुवेदीले रिक्त रहेको प्रा.वि.तृतीय राहत अनुदानको पदमा आफ्नो पहिलो हक दावी गर्दै कानुनी उपचार खोजेको हो ।

पन्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यपक भरत राजवंशी र कानेपोखरी शिक्षा शाखा अधिकृत वेगबहादुर काफ्लेलाई आफु जिल्लाको करार सुचि नम्बर ११६ मा रहेको पटक–पटक जानकरी गराउँदा पनि बेवास्ता गर्दै परीक्षा दिलाउन बाध्य पारिएकोले कानुनी उपचार खोजेको पीडित शिक्षक नवराज सुवेदीले बताए ।

प्रा.वि.तृतीय राहत अनुदानको विज्ञापन मिति २०८० कार्तिक १० गते विद्यालयबाट प्रकाशित भएपनि करार सूचीमा रहेका उम्मेद्वारले आवेदन गर्ने म्याद गुज्रीएपछि प्रकाशन गरिएकोले प्रकाशित विज्ञापन अनुसार आफु त्यहाँ नियुक्ति हुन नसकिएको निवेदनमा उल्लेख छ ।

विद्यालयले २ महिना पछि पुस ९ गते सोमबार मात्र परीक्षा गराएका छन् । विद्यालयले प्रा.वि. तह तृतीय श्रेणी राहत अनुदान कोटाको गरिएको विज्ञापन मिति २०८० कात्र्तिक १० गते प्रकाशनको मिति लेखिए पनि त्यहाँ करार सूचीको उम्मेद्वारलाई छल्दै ७ दिन कटेपछि मिति २०८० कात्र्तिक १६ गते बेलुका मात्र प्रकाशन गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरी स्तरीय प्रधानाध्यापकहरुको फेसबुक ग्रुपमा कार्तिक १६ गते राती सूचना आउट गरेका थिए । यो सूचनाले करार सूचीमा रहेका उम्मेद्वारलाई सूचना छलेर विज्ञापन गरेको प्रष्ट देखिएको छ ।

शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिना अघि विज्ञापन गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिन भित्र कार्यालयमा सम्र्पक गर्न र करार सूचीका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापन गरेको थियो ।

यस विषयमा प्रधानाध्यापक भरत राजवंशीले शिक्षा शाखाका हाकिम वेगबहादुर काफ्लेको कार्यव्यस्तताले परीक्षा ढिलो हुन भएको बताएका छन् । त्यस्तै विज्ञापन प्रकाशन बारेमा फेसबुकमा ढिलो भएपनि विद्यालय र वडाकार्यालयमा समयमै गरेको बताएका छन् ।

आवेदन दिने जम्मा १२ जनामा परीक्षा समितिले लिखित परीक्षामा ६ जना सफल गराएका थिए । ६ जना मध्ये १ जना करार सुचि नम्बर ११६ मा रहेको वडा नं. ३ का नवराज सुवेदी थिए ।

कानेपोखरीमा प्राप्त तथ्याङ अनुसार जिल्लाको करार सुचि नम्बर ११६ मा रहेको वडा नं. ३ का नवराज सुवेदी, वडा नं. ३ कै २९ नम्बरका करार सूचीका युवराज सापकोटा, वडा नं. ५ का २८ नम्बर करार सूचीमा रहेका तेइन्द्र कुमार बास्तोला, वडा नं. ७ का ९१ नम्बर करार सूचीका विना कुमारी बुढाथोकी र वडा नं. ७ कै ७२ करार सूचीमा रहेका सिता देवी खड्का रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.