सोमवार, पुस २८, २०८२

रमाइलो जेसिज वर्ष २०२४ को अध्यक्षमा केशव भण्डारी निर्वाचित

दुर्गा नारायण खतिवडा
७ माघ, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलो जेसिज वर्ष २०२४ को अध्यक्षमा जेसी केशव भण्डारी निर्वाचित भएका छन् ।

शुक्रबार वडा नं. ६ को रमाइलो जनएकता साकोसको सभाहलमा भएको सम्मेलनमा भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी खिलराज भट्टराई र जेसी गंगा तिम्सिना निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी रुपेश रिजाल, जेसी निश्चल ओझा, जेसी मनिला घिमिरे, जेसी जमुना तिम्सिना र सचिवमा चुणामनी कोइराला निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा जेसी मनोज अधिकारी, कानुनी सललाहकारमा जेसी दीपक शर्मा फुयाल र महासचिवमा जेसी युबराज कार्कीलाई मनोनीत गरेको हो । निर्वाचन आयुक्तमा जेसी त्रिभुनाथ फुयल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गीता तिम्सिना, विशिष्ट अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, नेपाल जेसिज राष्ट्रिय महासचिव जेसी अमिस ढकाल, नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष्य जेसी भीम कुँवर राज, राष्ट्रिय कोषाध्यक्ष जेसी खेमराज थापा, राष्ट्रिय उपाध्यक्ष्य जेसी घनश्याम चौधरी, राष्ट्रिय उपाध्यक्ष्य जेसी बहादुर तामाङ, मातृ शाखा पथरीको अध्यक्ष जेसीआई सिनेटर राज तिरुवा रहेका थिए ।

त्यस्तै कार्यक्रममा जेसिज अफ द येअरमा जेसि रुपेश रिजाल, सक्रिय सदस्यमा जेसी मनिला घिमिरे, उत्कृष्ट कार्यसमिति सदस्यमा जेसी केशव भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै सचिवालय व्यवस्थितको लागि दराज सौजन्यको लागि सम्मान जेसी युवराज कार्की र जेसी कमल आचार्यलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.