पथरी शनिश्चरे नगरको १४ औं नगर सभाबाट पारित बजेट सार्वजनिक

८ माघ, पथरी । पथरी शनिश्चरे नगरपालिकाले चौधौ नगर सभाबाट पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनमार्फत नगरका प्रवक्ता नवीन कार्कीले
नगर सभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन ।

प्रवक्ता कार्कीले अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण गदैं नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० पारित भएको बताए ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष भीम कुमार राईको उपस्थितिमा वजेट सार्वजनिक कार्यक्रम भएको थियो ।

नगरका लेखा समिति संयोजक भीमकुमार राईबाट लेखा सुपरीवेक्षण र न्यायिक समिति सदस्य पदम धिमालबाट न्यायिक समितिको प्रतिवेदन सहित अन्य केही महत्वपुर्ण निर्णयहरु नगरसभामा पारित भएको नगर प्रवक्त कार्कीले जानकारी दिए । उनले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन भएको उल्लेख गरे । नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणकालागि जग्गा प्राप्तिका लागि काम भैरहेको र जग्गा प्राप्तीको लागि लागि १३ औं नगर सभाबाट ३ करोड ६१ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिसकेको उनले उल्लेख गरे ।

त्यस्तै नगरअस्पतालको नयाँ भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वडा नं ८ को बुद्ध माविको भवन निर्माण कार्य सम्पन्न गर्न क्रमागत योजना अनुरुप १ करोड रूपैयाँ बराबरको बजेटबाट हाल निर्माण भैरहेको, बडा १० को मलामी खाजा घर निर्माणका लागि १ करोड रूपैयाँ, पुलचोक हुदै सिरिसे डाँडा भातेगौडा सडक खण्ड सम्पन्न गर्न १ करोड रूपैयाँ र पथरी बजारमा टहरा निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको जनाए ।

वजेट सार्वजनिक कार्यक्रममा पत्रकारहरुले उठाएको फोहोरमैला व्यवस्थापन, संयुक्त कृषि बजार सम्बन्धी राखेको जिज्ञासामा नगरप्रमुख तुम्वापोले पथरीशनिश्चरे नगरपालिकाका छिमेकी उर्लावारी र लेटाङ्ग , कानेपोखरी जस्ता पालिकाहरूसित वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि निरन्तर छलफल भैरहेको र पछिल्लो समयमा दमक नगरपालिकाले अभ्यास गरिरहेको फोहोरमैलालाई बायो रिसाईग्रेसन र रिसाक्लिङ सम्बन्धमा आवश्यक अध्ययन गरी रहेको पनि बताए । उनले संयुक्त बजारको बारेमा बजार रहेको जग्गा उर्लाबारी नगरको रहेता पनि सुरुमा बजार सुरु गर्दा पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकाले संयुक्तरुपमा गरेको हुनाले यसको आम्दानी बराबरी हुनेगरी अदालतले फैसला गरेको बताए ।

नगरप्रमुख तुम्बापोले पथरीशनिश्चरे नगरले आलुको उत्पादन बढाई आत्मनिर्भर बनाउनेतर्फ अध्ययन सुरु गरेको बताए । उनले किसानले उत्पादन गरेका कृषिजन्य सामानहरूको लागि पनि संघीय सरकार समक्ष एउटा चिस्यान केन्द्रको आवश्यकता महशुस गरी आवश्यक बजेटको माग गरेको जनाए ।

सम्बन्धित खवर