पथरी उद्योग वाणिज्य संघका अध्यक्षले किर्ते हस्ताक्षर गरेको भन्दै राजिनामा माग

४ चैत्र, पथरी । पथरी उद्योग वाणिज्य संघका नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले अध्यक्ष दीपक बस्नेतले आफूसहित पदाधिकारी, सदस्यहरुको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेको भन्दै उनको राजिनामा माग गरेका छन ।

शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष बस्नेतको राजिनामा माग गरेको हो । उनले यो विषयलाई गम्भिर नलिए अध्यक्ष विरुद्ध जिल्ला प्रशासन र अदालत जाने चेतावनी दिएका छन । पथरी उवासंघ मिति २०८० फागुन १० गते र फागुन १९ गतेको बैठक बसेको माइनेटिङ सार्वजनिक गर्दै फागुन १० गते बसेको बैठक किर्ते हस्ताक्षर गरेको उनका दावी छ । एकै पदाधिकारीहरुको दुई बैठकको हस्ताक्षर मिलेको देखिन्दैन । भण्डारीले फागुन १९ गते र चैत्र १० गते बसेको बैठकको उपस्थितिको प्रतिलिपि सञ्चारकर्मी तथा व्यवसायीहरुलाई वितरण गरेका थिए ।

फागुन १० गते चार जना बसेर कार्यसमिति र लेखा गरी १६ जनाको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेकोले अध्यक्ष बस्नेतले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्ने यसो नगरिए कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले बताए ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले भने संघको हितको लागि योजना पेस गर्न डकुमेन्ट बनाइएको बताएका छन । संघमा नव निर्वाचित दुई जना पदाधिकारीको कारण तीन वटै बैंक खाता नचलेको कारण समस्या भइरहेको र बैंकबाट सफाइ लिन १५ दिनको समय दीएको अध्यक्ष बस्नेतले बताएका छन ।

छलफलको माध्यमबाट विवाद अन्त्य नभए समस्या थपिन्दै जाने देखिन्छ । संघको खाता सञ्चालन गर्न बैंकको कालो सूचिमा रहेका पदाधिकारीलाई कारबाही र ती पदाधिकारीहरु किर्तेमा मुद्धा मामिलामा गएमा संस्था अझ बढेर जाने देखिन्छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २७६ मा कसैको किर्ते सहीछाप, झुटा अभिलेख, झुटा लिखत तयार गरेको ठहरेमा पाँच बर्ष कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । कोषाध्यक्ष राजभण्डारी भने फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गर्ने अध्यक्ष बस्नेतले नैतिकताको आधारमा राजिनामा नदिए उजुरी दिन जाने बताएका छन ।

अघिल्लो कार्यकालदेखि नै बिभिन्न विवादमा रहेको मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघमा फेरि विवाद उत्पन्न भएको छ । संघको फागुन ७ गते भएको १७ औं साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका थिए । अध्यक्षमा दीपक बस्नेत र उपाध्यक्षमा रबिन राई निर्वाचनबाट चुनिएका थिए ।

सम्बन्धित खवर