पथरी शनिश्चरे नगरपालिकाद्धारा ८५ करोड ४१ लाख बजेट प्रस्तुत

१० असार, पथरी । पथरी शनिश्चरे नगरपालिका नगर सभाको १५ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ ।

नगरसभामा नगर उपप्रमुख देविमाया काफ्लेको अनुपस्थितिमा नगर प्रवक्ता नविन कार्कीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । कार्कीले कूल ८५ करोड ४१ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरसभाका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरपालिकाले गर्दै आएका महत्वपूर्ण गतिविधि सहितको प्रश्नोत्तर कार्यक्रममा आफ्ना कुरा राख्नुभएको थियो । नगरसभाको अवसरमा विभिन्न समितिका संयोजकहरुले प्रतिवेदन पेश गर्नुभएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा भोलि पत्रकार सम्मेलन मार्फत जानकारी दीने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर