६ असोज, पथरी । पथरी शनिश्चरे नगरका प्रवक्ता नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को। १ ब। १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई प्रदान गरेको छ ।
वडा नं। ८ का वडाध्यक्ष कार्कीले वडा नं। ४ कुशल बजार प्रहरी चौकीलाई मोटरसाईकल हस्तान्तरण गरेको हो । प्रहरी चौकीमा प्रहरीको लागि सवारी साधन नभएपछि जनताको सेवामा सहज ढंगले पुरा गरुन भनेर आफूले प्रयोग गर्दै आएको मोटरसाईकल प्रहरीलाई दिएको प्रवक्ता कार्कीले बताए ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उप–प्रमुख देविमाया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, वडा सदस्य र वडावासीहरुको उपस्थितिमा मोटरसाईकल हस्तान्तरण गरेको थियो । वडा अध्यक्ष कार्कीले वडामा यस्तै लोकप्रिय कार्यक्रमहरु गर्दै वडावासीको मन जित्दै आएका छन् ।
असई इश्वरी कुमार दाहालको नेतृत्वमा ४ जना प्रहरी जवानको टिमले प्रहरी सेवा दिदैआएका छन् । पहिले घरमा भाडामा बस्दै आएका थिए भने दुई बर्ष अघिदेखि प्रहरी चौकीको नयाँ भवन निर्माण गरी बस्दै आएका छन् ।