पथरी शनिश्चरे नगरमा थारु जातीको जितिया विषेश सांस्कृतिक कार्यक्रम

६ असोज, पथरी । थारु कल्याणकरिणी सभा नगर समितिको आयोजनामा पथरी शनिश्चरे नगरका थारु जातीले जितिया पर्व मनाएका छन् ।
आइतबार वडा नं. ८ स्थित सोमबारे बजारमा जितिया पर्व विशेष अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्व मनाएको हो ।

कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि नगरका उपप्रमुख देवीमाया काफ्ले थिइन् । नगर विभिन्न वडा, छिमेकी पालिका, झापा र सुनसरीबाट थारु भेषभूषा र भाषाको गीतमा नृत्य प्रस्तुत भएको थियो ।

कार्यक्रममा किरात राई समुदायको साकेलाको साथै बुद्ध माविका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुम देवीमाया काफ्ले, ८ नं. वडा अध्यक्ष नवीन कार्की, ६ का चेतेन्द्र खड्का, ४ का लोककिरण न्यौपाने, नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल पनि उपस्थित रहेका थिए । थारु कल्याणकारिणी सभाका जिल्ला उपाध्यक्ष बाबुराम चौधरीले स्वागत मन्तव्य दिएका थिए ।

तस्विर : विवेक खतिवडा

सम्बन्धित खवर