कानेपोखरीमा राष्ट्रिय परिचय पत्र वितरण सुरु, पहिलो पटक १३ हजार ५ सय वितरण गरिने

११ कार्तिक, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।

गाउँपालिकाको प्रशासन शाखाबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको हो । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सोमबार वडा नं. ७ बाट परिचय पत्र वितरण सुरु गरेका थिए । वितरण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी पनि उपस्थित थिए ।

पहिलो पटक गाउँपालिकामा १३ हजार ५ सय ५४ वटा परिचय पत्र आएको उपाध्यक्ष अधिकारीले बताए । परिचय पत्र हराएमा फेरी नपाइने उल्लेख गरिएको छ ।

सम्बन्धित खवर