फोनिज मोरङको छौटौं अधिवेशन सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ

२८ पौष, पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छौटौं अधिवेशन मोरङको पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले अनिल श्रेष्ठ अध्यक्ष ११ सदस्य कार्यसमिति सर्वसहमत चयन भएको छ । समितिको उपाध्यक्ष बिजय खम्बू राई, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता राई, राजेश राजवंशी, कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसहमत चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा उषा सडदार, देवराज तामाङ, तृष्णा कुलुङ राई, सञ्जय राजवंशी रहेका छन् । नयाँ समितिको पहिलो बैठकले १ जना मनोनय गर्ने गरी ११ सदस्य तय गरेको हो । त्यसैगरी लेखा समितिको संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू सर्बसहमत चयन भएका छन् ।

फोनिज जिल्लाका अध्यक्ष दिनेश सुब्बा लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

उद्घाटन कार्यक्रममा फोनिज संघीय अनुशान आयोगको प्रमुख अर्जुन जम्नेली राई, संघीय सदस्य सुजता लिम्बू, मोरङ जिल्ला इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सदस्य खनेन्द्र राई (अर्जुन), नेपाल पत्रकार महासंघ पूर्व जिल्ला कार्यबाहक अध्यक्ष मोहन भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष समेत रहेका प्रेस चौतारी मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला, प्रेस युनियन जिल्ला अध्यक्ष बेदराज पौडेल, नेपाल पत्रकार महासंघका प्रदेश सचिवसमेत रहेका समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष धुर्ब भट्टराई, प्रेस मञ्च जिल्ला अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

फोनिज जिल्ला समितिले फोनिज संघीय सदस्यसमेत रहेका पहिचानको पक्षमा निरन्तर कलम चलाउदै आएका सुजता लिम्बूलाई सम्मान गरेका छन् ।

कार्यक्रममा पथरी शनिश्चरे नगरका पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका बिषयमा फोनिज प्रदेश समितिका पूर्ब उपाध्यक्ष फिपराज बेघाद्वारा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा नगरमा रहेका पर्यटकीय क्षेत्रहरु, संभावना र चुनौतीहरु बारे उल्लेख छ । पर्यटकीय क्षेत्र विकासको लागि नगरपालिका र पर्यटनसम्बन्धी काम गर्दै आएका संस्थाहरुले बर्षमा कम्तिमा दुई वटा प्रचार प्रशारको कार्यक्रम राखिए अझ व्यापकहुने बताए ।

 

सम्बन्धित खवर