प्रदेश प्रमुख खापुङद्धारा कानेपोखरी हस्पिटल, वडा कार्यालय र विद्यालयको अवलोकन

१ माघ, कानेपोखरी । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मोरङको कानेपोखरी गाउँपालिकाका हस्पिटल, वडाकार्यालय र विद्यालयको अवलोकन गरेका छन् ।

वडा नं. ४ को वडा कार्यालयको निम्तो मान्न आएका प्रदेश प्रमुख खापुङले ४ नं.वडा कार्यालय, कानेपोखरी हस्पिटल र जनता आधारभूत विद्यालयको अवलोकन गरेका थिए ।

वडा कार्यालयमा औपचारी कार्यक्रममा उपस्थित जनताहरुले विभिन्न योजनाहरु माग गरेका थिए । वयरवन बजार विकास, विद्यालय विकास, हस्पिटलको आवश्यक वस्तु, डाँस खोलमा पुल, मन्दिर व्यवस्थापन र वडा नं. १ र २ जोड्ने चिसाङ खोलामा पुलको योजना माग गरेका थिए । हस्पिटलका प्रशासन प्रमुख रोहिन्द्रकुमार राजभण्डारी, दिलिप शेर्पा, नगेन्द्र बस्नेतले बोलेका थिए ।

प्रदेश प्रमुख खापुङ्ले योजना दिने ठाउँमा आफू नरहेता पनि यो उठान भएको विषयहरु आफूले मन्त्रालयमा भनेर पनि पुरा गरिदिने आश्वासन दिएका थिए । उनले बोल्ने क्रममा बयरवन भन्ने ठाउँ निक्कै विकास भएको बताए । वडा विकासका चिन्ता सबैभन्दा बढी वडाका जनप्रतिनिधिलाई हुने हुँदा वडा मार्फत योजना लिएर मन्त्रालय आउन संकेत गरे ।

वयरवन बजार निवासी बल बहादुर खापुङ नाताले दाजूभाई रहेकोले आफ्न्तकोमा भेटघाट गर्दै वडाका जनताहरुसँग भेटघाट गर्ने उद्देश्य लिएर आएको खापुङले बताए । भेटघाट कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, वडाका जनप्रनिधि, शिक्षक, स्वास्थ्यकर्मी उपस्थित भएका थिए ।

 

सम्बन्धित खवर