पथरी क्याम्पस संचालक समितिको अध्यक्षमा दिलिप कुमार राई विजयी

२५ फागुन, पथरी । मोरङको पथरी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा दिलिप कुमार राई(किशोर) अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार राती १० बजे पछि सम्पन्न मत गणनामा अध्यक्षमा राईले १५६ मत ल्याई विजय भएका हुन् । त्यस्तै अध्यक्षका प्रतिद्वन्द्वी माघव कोइरालाले १३७ मत ल्याएका थिए । कुल २८८ मत मध्ये राईले प्रतिद्वन्द्वी कोईरालालाई ८ मतको अन्तरले पराजित गरे ।

त्यस्तै खुल्ला सदस्यहरुमा उमनाथ अधिकारीले १६०, तुलसिराम ढकालले १६४, बुदिनाथ अधिकारीले १५३, उपेन्द्र कडेलले १५१, देवराज भण्डारीले १४९, खेम ढुङ्गेलले १४९ र प्रेम ढकालले १३४ मत ल्याई विजयी भएका छन् । खुल्ला सदस्य ७ जना र महिला सदस्यमा ३ जना चुनिने व्यवस्था रहेको छ ।

त्यस्तै महिला सदस्यहरुमा बिन्दा राई १५६, दुर्गा सुवेदी दंगाल १५१ र अरुणा राईले १४६ ल्याई विजयी भएका हुन् । त्यस्तै लेखा समिति संयोजकमा मोहनकुमार श्रेष्ठले १४१ मत प्राप्त गरी मिनकुमार ठकुरीलाई २६ मतको अन्तरले पराजित गरेका छन् ।

लेखा समिति सदस्यमा शुरेश न्यौपाने र राजकुमार वि.क. विजयी भएका छन् । निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचित दिपिलकुमार राई निर्वतमान पथरी शनिश्चरे नगरको पूर्ब नगर प्रमुख हुन । राई एमाले निकट रहेका छन् । नेकपा एमाले र नेकपा समाजवादी(एस) को गठबन्धनगरी चुनावी मैदानमा गएका थिए ।

अध्यक्षका प्रतिद्वन्द्वी माधव कोइराला कोइराला क्याम्पसको अघिल्लो निर्वाचनमा क्याम्पस सञ्चालन समितिको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन । कोइराला कांग्रेस निकट रहेका छन । नेपाली कांग्रेस र माओवादी केन्द्र साथै सानादलहरुको गठबन्धनगरी चुनामवी मैदानमा गएका थिए ।

 

सम्बन्धित खवर