दुर्गा नारायण खतिवडा
३ चैत, कानेपोखरी । मोरङको कानेपोखरी –५ मा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा तीन जनाले भिड्ने भएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आ–आफ्नो संगठनबाट सभापतिमा उम्मेद्वारी दिई चुनावी मैदानमा उत्रेका छन् ।
रमाइलो क्याम्पसमा यस पटक भने संगठनहरु एक्ला एक्लै चुनावमा जादैछन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बाट सभापति पदमा उपेन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुको सचिबमा सिर्जना बुढाथोकी र कोषाध्यक्ष पदमा बिना पाण्डे, सदस्य पदमा बिनिता बस्नेत, रबिन भण्डारी र बिनिता धिमालले उम्मेद्वारी दिई चुनावी मैदानमा छन् ।
अनेरास्ववियुले समानुपातिक तर्फको सदस्य पदमा प्रवेश कार्की, नबराज दंगाल, कमला बस्नेत, राम पुरी र एन्जिला कार्कीको नाम अघि सारेको छ ।
त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) बाट अनिश कार्कीले आफ्नो प्यानल तयारी गरी चुनाका लागि तयारी गरिरहेका छन् । क्रान्तिकारीको सचिब पदमा शिशिर कोइराला र कोषाध्यक्ष पदका लागि रिपुमर्दन गिरीले उम्मेद्वारी दिएका छन् । सदस्य पदमा अलिना मुर्मु, लभ कुमार राजबंशी र सुजन भन्डारी रहेका छन् ।
अखिल क्रान्तिकारीले समानुपातिक तर्फको सदस्य अन्जना बिष्ट, होमनाथ घिमिरे, केजिना फुयल, मनिष गुरागाई र सरस्वती भुजेललाई अघि सारेका छन् ।
त्यस्तै नेपाल विद्यार्थी संघबाट सभापति पदमा मनोज कार्कीले उम्मेद्वारी दिई चुनावी मैदानमा छन । सचिवमा
जितेस खड्का र कोषाध्यक्षमा मन्दिरा चापागाईं, सदस्य पदमा कुमारी खाती, पुष्पा थापा र सुजिता चौधरीले उम्मेद्वारी दिएका छन् । नबिसंघको समानुपातिक तर्फको सदस्यमा उमेदवारको लागि निस्चल लिम्बु, बिवस कोइराला, एलिसा चौधरी, इन्दिरा थापा र ज्योति राई रहेका छन् ।
स्वबियु निर्वाचन पछि उपाध्यक्ष र सह सचिब समानुपातिकमा बिजयी भएका सदस्यहरुलाई स्वबियुको बैठकबाट मनोनित गरिने प्रावधान रहेको छ ।