आइतवार, साउन २४, २०८३

कानेपोखरीमा भूमि नापजाँच सुरु

दुर्गा प्रसाद खतिवडा

२४ चैत्र, कानेपोखरी । भूमि आयोग जिल्ला समिति मोरङको नापी टोलीले कानेपोखरी ७ स्थित प्रोग्रेसिभ टोलवाट भूमि नापजाँच सुरु गरेको छ ।

कानेपोखरी गाउँपाकिला पालिका अध्यक्ष राजमति इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत हिरा यादव, वडा अध्यक्ष मोहनप्रसाद अधिकारी, राष्ट्रिय भूमि समास्या समधान आयोग मोरङका अध्यक्ष नविन पौड्याल, नापी अधिकृत रितेश मण्डल, सर्वेक्षक कमल बराल, सर्वेक्षक पविन्द्र खड्का, सर्वेक्षक निरज दाहाल र जनप्रतिनिधिहरुको उपस्थितमा सुरु गरिएको हो ।

कार्यक्रममा निवर्तमान पालिका अध्यक्ष ताराबहादुर काफ्ले र तत्कालिन राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले त्यसबेला देखाउनु भएको अग्रसरताका कारण मोरङ जिल्लामानै सबैभन्दा बढी काम भएको पालिका कानेपोखरी रहेको भूमि समस्या समाधान आयोग मोरङ अध्यक्ष नविन पौड्यालले बताए । उनले जिल्लाको सुनवर्षी नपा र विराटनगर महानगरपालिका बाहेक १५ वटा पालिकामा अभिभुखीकरण सम्पन्न भएकोले काम अघि बढेको बताए ।

केही दिन अघि कानेपोखरी गाउँपालिकामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको थियो ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.