दुर्गा नारायण खतिवडा
३१ चैत्र, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी एमाले कानेपोखरी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशनले अध्यक्षमा भुपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा श्रेष्ठल ११९ मत ल्याई निर्वाचित भएका हुन । अध्यक्षका प्रतिस्पर्धी पर्शुराम खतिवडाले ३८ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा कृष्ण थामी ८१ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी कुमार फुयलले ७८ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा लक्ष्मी प्रसाद रिजालले ८४ मत ल्याई विजयी भएका छन । सचिवका प्रतिस्पर्धी उमेश पौडेलले ६९ मत प्राप्त गरे ।
त्यस्तै उपसचिव पदमा दिनेश सुब्बाले ९० मत प्राप्त गरि विजयी भएका छन् । उपसचिवका प्रतिस्पर्घी राजेन्द्र कार्की ५५ मत ल्याएका थिए । महिला उपसचिव पदमा खेम कुमारी बजगाई ८० मत सहित निर्वचित भइन भने उपसचिवका प्रतिस्पर्धी किना ऋषिदेबले ५९ मत प्राप्त गरेकी थिइन् ।
विद्यान अनुसार अधिवेशबाट गाउँकमिटीमा ७५ जनाको कमिटी बनेको छ । संगठित सदस्यहरुको आधारमा गाउँ कमिटि सदस्यहरु सर्वसम्मत टुङ्गो लागेको थियो । ५ जना खुल्ला सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका थिए ।
अधिवेशनमा कानेपोखरी गाउँपालिकाको ७ वटा वडाबाट १३६ जना प्रतिनिधिहरु छनौट भएका थिए । निर्वाचनमा १६२ मत खसेको निर्वाचन मण्डलले जनाए ।