Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
शिक्षकको माग यथाशीघ्र पूरा गरिदिन कानेपोखरी गाउँपालिकाको माग - Nigranitimes

शिक्षकको माग यथाशीघ्र पूरा गरिदिन कानेपोखरी गाउँपालिकाको माग

१ बैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले हाल जारी शिक्षक आन्दोलनका कारण अवरुद्ध शैक्षिक समस्यालाई समाधान गर्न संघिय सरकार समक्ष जोडदार अपिल गरेको छ । आइतवार गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ती मार्फत सो जानकारी गराइएको हो ।

राज्य संघियतामा गएको लामो समय भइदक्दा पनि विद्यालय शिक्षा ऐन संसोधन तथा जारी नभएको, शिक्षक महासंघसँग पटकपटक भएको सम्झौताहरु कार्यान्वयन नभएको कारण देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा भएको कारण विद्यालयको सम्रग शैक्षिक विद्यालय ठप्प भएर पढाइ नहुने भएकाले तत्काल माग सम्बोधन गरिदिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले तत्कालै विद्यालय शिक्षा ऐन जारी गरि समग्र शिक्षक कर्मचारीहरुका जायज मागहरु पूरा गर्नुपर्नेमा कानेपोखरी गाउँपालिका ऐक्यबद्धता गर्दछ । शिक्षा क्षेत्रको यावत समस्याहरु समाधान गरी शिक्षण पेशालाई मर्यादित र व्यवस्थित बनाउँन सम्बन्धित निकायले ध्यान दिई शिक्षक कर्मचारीहरुलाई शैक्षिक गतिविधिमा उच्च मनोबलका साथ फर्किने वातावरण निर्माण गर्न अनुरोध गरिन्छं, विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित खवर