१४ कात्र्तिक, मोरङ । बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमितिमा पदाधिकारी र सदस्यहरु सर्वसहमतीबाट चयन भएको छ ।
कानेपोखी गाउँपालिका –७, आइतबारेमा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९ औं चुनावी साधारण सभाबाट ४ वर्षे कार्यकालको लागि चयन भएको हो ।
समितिको अध्यक्षमा विजयगोपाल गड्तौला, उपाध्यक्षमा ध्रुवमाया कोइराला सापकोटा, सचिवमा, लिलाबहादुर श्रेठ, सहसचिवमा शिवकुमार राई र कोषाध्यक्षमा अशोक फुयल सर्वसहमतीले चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मात्रिका कोइराला, सर्न कुमार लिम्बू, राम प्रकाश राई र सेरबहादुर लिम्बू सर्वसमहतीले चयन भएका छन् ।
त्यस्तै महिला सदस्यहरुमा चेलिमाया दर्जी, लिला बस्नेत र शोभा रिजाल चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा आनन्द प्रसाद दहाल, सदस्यमा एविन्द्र पाठक चयन भएका छन् ।
वडा नं. ४,६ र ७ का उपभोक्ताहरु बयरवन खानेपानी तथा सरसफाईमा आवद्ध छन् । अहिले २१४६ जना उपभोक्ताहरु रहेको खानेपानी तथा सरसफाई उपभोक्ताको कार्यालयको अभिलेखमा रहेको छ ।
निर्वाचन समितिले मतदाताको नामावली कात्र्तिक १२ गते बुधबार प्रकाशन गरेका थियो । मतदाता नामावलीको दाविविरोध, अन्तिम नामावली प्रकाशन, उम्मेद्वारी दर्ता, उम्मेद्वारी दाविबिरोध, अन्तिम नामावली प्रकाशन जस्ता कार्य १२ गते बुधबार नै सम्पन्न भएको थियो । विहिबारबाट उम्मेदवारी फिर्ता र सहमतीको प्रयास हुदै आज शुक्रबार सहमती भएको निर्वाचन आयोगका संयोजक दामोदर सिग्देलले बताए ।



