४ माघ, कानेपोखरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेले मोरङ क्षेत्र नं. ३ मा उम्मेद्वारको नाम फेरबदल गरेको छ ।
शनिबार एमाले केन्द्रीय सचिवालयको बैठकले देशभरका उम्मेद्वार छनौट गर्दा मोरङ ३ बाट पथरी शनिश्चरे–१ का दिलिपकुमार राईलाई उम्मेद्वार छनौट गरेका थिए । आज आइतबार नेकपा (एमाले) मोरङ क्षेत्र नं.३ अन्तरगत पार्टीको आन्तरिक छलफल र समन्वयपछि बेलबारी निवासी इरान राईलाई क्षेत्र नं. ३ को उम्मेदवारका रूपमा अघि सार्दै निश्चित गरेको छ ।
मोरङ क्षेत्र नं.३ मा दुई पटक उम्मेद्वार बनेका एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुमबाट टिकट पाएका छन् । २०७४ सालमा ढकालले मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजितका थिए । त्यस्तै २०७९ सालको निर्वाचनमा शर्मासँगै ढकाल पराजित भएका थिए ।
त्यस्तै क्षेत्र नं. १ मा धनश्याम खतिवडा, क्षेत्र नं. २ मा दिलिप बगडिया, ४ मा जीवन घिमिरे, क्षेत्र नं. ५ मा मनोजकुमार अग्रवाल र क्षेत्र नं. ६ मा विनोद ढकालले टिकट पाएका छन् ।



