मुख्य खबर

बयरवन खानेपानीको १०औँ साधारण सभा सम्पन्न

१९ असोज, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ मा रहेको बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १०औँ साधारण सभा समपन्न भएको छ ।

कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा र बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विजयगोपाल गड्तौलाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेका थिए ।

समितिले सार्वजनिक गरेको जानकारीअनुसार साधारण सभा २०८३ साल असोज १९ गते आयोजना गरिने भएको हो। साधारण सभामार्फत समितिको नियमित गतिविधि तथा खानेपानी र सरसफाइ सेवासँग सम्बन्धित विषयमा छलफल तथा समीक्षा गरिने जनाइएको छ।

२०५७ सालमा स्थापना भएको समितिले कानेपोखरी वडा नं. ४, ५, ६ र ७ का उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ । साधारण सभामा व्यवस्थापन, संस्थागत गतिविधि तथा आगामी योजनाबारे प्रस्तु गरिएको थियो । कार्यक्रम संचालन बयरवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव लिलाबहादुर श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया