
पौडी पोखरी
१९ असोज, पथरी । मोरङको पथरी शनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको पाँचौँ साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभामा
लिमिटेडले आर्थिक वर्ष २०८२÷०८३ मा पौडी पोखरीबाट मात्र ४० लाख ९९ हजार ४ सय ९० रुपैयाँ आम्दानी गरेको गरेको छ ।
लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङको सभापतित्व भएको कार्यक्रम हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लिमिटेडका प्रबन्ध सञ्चालक रोहित बास्तोलाले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । सभाले अध्यक्षको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ ।
गत आर्थिक वर्षमा पौडी पोखरीबाट ४४ लाख ८७ हजार रुपैयाँ आम्दानी भएकोमा चालु आर्थिक वर्ष २०८३÷०८४ मा पौडी पोखरी शुल्कबाट ४३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको अध्यक्ष दिलबहादुर तामाङले बताए ।
कार्यक्रममा पथरी शनिश्चरे–७ का वडा अध्यक्ष उद्द्वराज बस्नेत, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर(विकास) मगर, संस्थापक अध्यक्ष देवी भेटवाल, पूर्व सञ्चालक सदस्य गणेश बाछाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा लिमिटेडको आर्थिक अवस्था, प्रगति तथा आगामी योजनाका विषयमा समेत छलफल गरिएको थियो । हाल हरियाली सामुदायिक वन लिमिटेडमा ९ सय ३५ जना सेयरधनी रहेको जनाइएको छ ।





प्रतिक्रिया