चैत १८ गते, विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीयतहहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाकालागि गठित स्थानीयतह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंकाभएका सबै व्यक्तिको पहिचान गर्न स्थानीयतहहरुलाई निर्देशन दिएको हो । उनले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क संकलन गर्न आग्रह गरेका थिए ।
प्रदेश नं १ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री राईलेकोरोनाको रोकथामकालागि स्थानीयतहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै विशेष हेरचाह गर्नुपर्ने सुत्केरी र गर्भवतीहरु, अपाङ्गता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुको विवरण संकलनगर्न आग्रह गरेका थिए । उनले विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई स्थानीयतहले राहतदिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने समेत बताए ।
बैठकले कोरोना भइरसको विरुद्ध लडन स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीयतहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीयतहको तथ्याङ्कक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीयतहले तथ्याङ्कहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउँने, स्थानीयपालिकाहरुसंग नगरपालिकामहासंघ, गाउँपालिकामहासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।
लकडाउनको अवधिमा कृत्रिमअभाव हुननदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिलातथा योजना मन्त्रीइन्द्र बहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरेको छ । समतिको सदस्यमा राज्यमन्त्रीहरु, विपक्षीदलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाकानेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुखन्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहेका छन् ।
कोरोना सम्बन्धितत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वाउजुरी, गुनासो र सुझाव भएप्रदेश सरकारले स्थापना गरेको कोरोेना सुचना डेस्कमा र मोवाइल एप्लिकेशन मार्फतजानकारी दिन समेत बैठकले सबैलाई अपिल गरेको छ ।