चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी ६ नम्बर वडाले दैनिक ज्यालादारी गरिखाने १ सय घरपरिवारको पहिचान गरी राहत वितरण गरेको छ । शनिबार जनसेवाको खेल मैदानमा र बाँकी घरघरमा लगेर वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम र जनप्रतिनिधिहरुको उपस्थीतमा राहत वितरण गरिएको हो ।
उनिहरुले १ घरपरिवार बराबर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन गरी जम्मा १ हजार ५० रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको वडाध्यक्ष खड्ग बस्नेतले बताए ।