नगरमा स्टिमेट अनुसारको काम नभएको अनुगमन समितिको ठहर

बैशाख २३ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरमा हुर्दै गरेको विकास निर्माणको काम स्टिमेट अनुसारको गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।

मंगलबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले योजनको अनुगमन गर्दै सम्बन्धित पक्षलाई निर्देशन दिइएको हो ।

निर्माण सुरु भएको ७ नम्वर वडा कार्यालयको चरको काम डिजाइन अनुसार नभएको पाइएपछि त्यसलाई भत्काएर डिजाइन अनुरुप गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको समिति संयोजक वास्तोलाले जनाए । नगरका प्राविधिक तथा वडाध्यक्ष कपिलमणि ढकाल सहितले भवनको चरको काम हेर्दा डिजाइन अनुसारको नभएको तथ्य फेला पारेको थियो ।

६८ लाखको स्टिमेट रहेको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । भूँइ तलामा ३ कोठा र माथिल्लो तला ४ कोठाको भवन निर्माण हुनेछ । त्यसको भूँइ तलामा शौचालय र स्नानगृह रहने छ ।

अनुगमन् टोलीले, ७ नम्वर वडाकै स्वामी चोक पूर्व बक्स कल्भर्टको पनि दोस्रो पटक अनुगमन् गर्दा गुणस्तरीय काम नभएको ठहर गरेको छ । ५ लाख रुपैयाँको सो योजनामा यसअघिको समितिको सुझाव अनुसार निर्माणको काम केही थप गरेपनि गुणस्तरीय नभएको पाइएको छ ।

सम्बन्धित खवर