हरियाली वनले नगरलाई काठ र १ लाख २५ हजार नगद सहयोग

जेठ २८ गत, पथरी ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका छन् ।

बुधबार वनले क्वारेन्टाइनमा बेड निर्माणको लागि ३२ किवी काठ र १ लाख २५ हजार २५ रुपैया नगद सहयोग गरेको हो । समूहका अध्यक्ष काबुलबहादुर मगरले नगरप्रमुख दिलिप कुमार राईलाई हस्तान्तरण गरेको थियो ।

उक्त काठबाट २० वटा खाट निर्माण भएको अध्यक्ष मगरले बताए । हरियाली वनले यस अघि पनि करिव सय जना अट्ने सभाहल क्वारेन्टाइनको लागि उपलब्ध गराउने घोषणा गरेका थिए ।

नगरपालिकाले भारतबाट आएकाहरुलाई राख्न पथरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएको छ । क्वरेन्टाइनमा भारत लगायतको स्थानबाट आएका नगरबासीहरुलाई राखिएको छ ।

सम्बन्धित खवर