गाउँपालिकामा बारुण यन्त्र, प्रहरी भेन मात्र होइन एम्बुलेन्स र शव वाहन सेवा पनि ल्याउँदैछौं–अध्यक्ष काफ्ले

असोज ३० गते, रमाइलो । बारुण यन्त्र, प्रहरी भेन मात्र होइन कानेपोखरी गाउँपालिकामा एम्बुलेन्स र शव वाहन सेवा पनि चाँडैं ल्याउँने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकालाई हस्तान्तरण गरेको बारुण यन्त्र र प्रहरी भेनको शुक्रबार गाउँपालिमा भएको स्वागत कार्यक्रममा अध्यक्ष काफ्लेले सो कुरा बताएको हो । अध्यक्ष काफ्लेले लामो प्रयास पछि जनताको चाहाना अनुसार गाउँपालिकाले बारुण यन्त्र र प्रहरी भेन प्रदेश सरकारको उपहारस्वरुप प्राप्त गरेको छ । प्रदेश सरकारबाटै १ थान एम्बुलेन्स सेवा पनि ४ महिना पछि आइपुग्ने हिजो नै सम्झौंता भएको उनले बताए ।

त्यसैगरी गाउँपालिकाले एउटा शव वाहन पनि यस आर्थिक बर्षमा खरिद गर्नका लागि बजेट छुट्याएको बताए । प्रहरी भेन, बारुण यन्त्र, एम्बुलेन्स र शव वाहन सेवाहरुको इन्धन, मर्मत जस्ता सवै खर्च गाउँपालिकाले व्यहोर्नुपर्ने भएकोले यस बर्षदेखि प्रशासनिक खर्च बार्षिक १२ लाख भन्दा बढी बढ्ने बताए । उनले गाउँपालिकाबाट संचालन हुने यी ४ वटा साधनको सेवा जनताको लागि गरिने भएकोले सम्पूर्ण गाउँबासी, राजनीतिक कर्मीहरुले साथ दिनुपर्ने बताएका थिए ।

उनले भने–‘गाउँपालिकामा आगलागी, बिपत परेको बेला जनताले फेसबुकमा धेरै गाली गर्नु भएको थियो । त्यसको उत्तर गाउँपालिकाले दिन सकेको थिएन, किन भने गाउँपालिकाको ती यन्त्र खरिद गरेर सेवा दिने हैसिएत बनाएको थिएन । त्यसै क्रममा गाउँपालिकाले ती यन्त्रहरु ल्याउने प्रोसेस चालेर जनतालाई सबै सेवा दिन खोजिरहेको छौं ।’त्यसैगरी नेकपा जिल्ला सदस्य अम्बिका अर्यालले जनताको सुरक्षाको लागि प्रहरी भेन र जनता आपत विपत पर्दा एम्बुलेन्स र बारुण यन्त्रको सेवा दिन पुग्नु भनेको कानेपोखरी गाउँपालिकाले एक फड्को मार्नु हो र यस कार्यमा सफलता भएको भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसको प्रतिनिधि सन्तोष फुयलले पाएको सामानको व्यवस्था र सदुपयोग राम्रो गर्नुपर्ने बताएका थिए ।

गाउँपालिकाको प्राङ्गणमा एक औपाचारीक कार्यक्रम आयोजना गर्दै बारुण यन्त्र र प्रहरी भेनको पुजापाठ गरी स्वागत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, नेकपाका प्रतिनिधि अम्बिका अर्याल र दानबहादुर बस्नेत, नेकाका प्रतिनिधि सन्तोष फुयल, वडाध्यक्षहरु खड्ग बस्नेत, चरण गुरुङ र धनबहादुर राई लगाएतले पुजापाठ गरेका थिए ।यसैविच प्रहरीको भेनको चावी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रमाइलो प्रहरी चौकीको असई लाक्पा शेर्पालाई हस्तान्तरण गरेका थिए । १ नम्बर प्रदेश सरकारले विहिबार कानेपोखरी गाउँपालिकालाई १ थान बारुण यन्त्र र १ थान प्रहरी भेन हस्तान्तरण गरेका थिए । प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेन  र प्रदेश १–०४, ००१ ग ००११ नम्बरको लगभग ५१ लाख, ५६ हजार पर्ने आईसर कम्पनीको बारुण यन्त्र गाउँपालिकाले पाएको हो । मोरङमा १७ वटा स्थानीय तह मध्ये यस आर्थिक बर्षमा कानेपोखरी गाउँपालिकाले मात्र पाएका छन् ।

 

 

सम्बन्धित खवर