आश्रमलाई कानेपोखरी गाउँपालिकाको १ लाख बराबरको खाद्यन्न सहयोग

माघ २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले मानव सेवा आश्रम विराटनगरलाई १ लाख बराबरको खाद्यन्न सहयोग गरेका छन् ।

मंगलबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रसासकीय अधिकृत गायत्र श्रेष्ठ र ६ नं. वडाध्यक्ष खड्ग बहादुर बस्नेत सहित विराटनगर पुगी १ लाख बराबरको ६० बोरा चामल सहयोग गरेको उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।

मानव सेवा आश्रम विराटनगरले १ महिने अभियान नै चलाएर सडकपेटी र सार्वजनिक स्थलबाट उद्धार गरिएका सहयोगापेक्षी मानवहरुको संख्या अत्याधिक भएकोले खाद्यान्नमा नै समस्या पर्दै आइरहेको थाहा पाएपछि गाउँपालिकाले सहयोग गरेको हो ।

गत पुस ११ गते कानेपोखरी गाउँपालिकाबाट बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडक आश्रित १० जना मानवहरुको उद्धार गरी मानव सेवा आश्रम विराटनगरले जिम्मा लिएको थियो ।

गाउँपालिकाको २, ३, ४, ६ र ७ नम्बर वडाबाट १० जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडक आश्रित मानवहरुको उद्धार गरिएको थियो । उति खेर पनि मानव सेवा आश्रमलाई कानेपोखरी गाउँपालिकाले ३० हजार पनि सहयोगस्वरुप प्रदान गरेको थियो ।

 

सम्बन्धित खवर