कानेपोखरीमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने तयारी

तस्विरहरु गाउँपालिकाको कार्यालय

फागुन १३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रम अघि बढाएको छ ।

राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तगरत बुधबार गाउँपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठीको आयोजना गरी कार्यक्रम अघि बढाईएको हो । गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख,पालिकाको फाट प्रमुखहरु सहभागी थिए । गाउँपालिकाले फागुन २९ गते देखी सवै वडामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम एकै साथ सुरु गर्ने तयारी गरेको गाउँपालिकाको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेले यस बर्ष पनि सतप्रतिशत हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सफल बनाउन सबैमा आग्रह गरेका छन् । खुवाईने औषधिको अभियानका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, वडाका पाँच स्थानमा विभिन्न सामाजिक संघसंस्थासंग अन्तरक्रिया क्रमश गर्दै जाने पालिकाका स्वास्थ्य शाखा अधिकृत उदयकान्त सेठले बताए ।

यसबर्ष पनि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरु वडाको घरघरमा गई हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने तयारी गाउँपालिकाले गरेको छ । गत बर्ष गाउँपालिकामा ७० प्रतिशतले हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेको स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।

औषधीको मात्र २ देखी ५ बर्षको उमेर समूहकोलाई डिइसी १ चक्की र जुकाकी औषधि १ चक्की, ६ देखी १४ बर्ष उमेर समूहको लागि डिइसी २ चक्की र जुकाको औषधी १ चक्की र १५ बर्ष देखी माथी उमेर समूहको लागि डिइसी ३ चक्की र जुकाको औषधी १ चक्की खानुपर्ने प्रावधान रहेको छ ।

यो हात्तीपाईले रोग विरुद्धको औषधि खान खाएपछि मात्र सेवन गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । औषधी सेवन पछि कुनै व्यक्तिमा केही असरहरु देखिएमा त्यस व्यक्तिको शरिरमा परजिविको संक्रमण भएको हुनसक्ने बताईएको छ । हात्तीपाईले रोग विरुद्धको औषधि दिर्घरोगी, गर्भवती, सुत्केरीभएको सात भित्रका र दुई बर्ष देखी मुनिका बालबालिकाहरुले सेवन गर्न नहुँने स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

देश भरी १३ वटा जिल्लामा यो अभियान चल्ने छ भने प्रदेश १ मा झापा, मोरङ र धनकुटा जिल्लाका सबै पालिकामा एकैसाथ हात्तिपाइले रोग विरुद्धको औषधि सुवाउने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर