जेठ ३ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाले खुल्ला व्यायाम शाला सहित ‘ऐतिहासिक पोखरी’लाई आकर्षक पर्यटक स्थल निमार्ण गर्ने भएको छ ।
स्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिका आएपछि वडा नं. ७ मा पर्ने सो पोखरीलाई आकर्षक गन्तव्य बनाउने भएको हो । सो बजेटले आगामी असार सम्म काम सम्पन्न हुने गरी काम सुरु भएको छ ।
त्यस क्षेत्रमा खुल्ला व्यायाम शाला, प्रवेशद्धार(गेट), वनभोज खाने कटेज, विश्रामलाय, खानेपानी ट्युवेल लगाएत निर्माण गर्ने निर्माण समितिका अध्यक्ष विष्णु राईले बताए । पोखरीको पूर्वपटि सेल्फी खिच्नको लागि सेल्फी डाँडा पनि अल्लो बनाउने भएको छ ।
ऐतिहासिक पोखरीलाई रंगेली–कानेपोखरी हुलाकीमार्गले छोएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोक देखी १ किलोमिटर दक्षिणमा पर्दछ । अहिले सो पोखरी छेउमा धिमाल जातीको ग्रामथान छ । पोखरी निर्माण र आर्कषण बनाउनको लागि धिमाल ग्रामथान त्यहाँ देखी दक्षिण सार्ने निर्णय पनि भएको पोखरी निर्माण समितिका सचिव हिमप्रसाद तिम्सिनाले बताए ।
सो पोखरी ग्रामिण सुधार सामुदायिक वन समूहले संरक्षण गरेको क्षेत्र भित्र रहेको छ । पोखरीको क्षेत्र लगभग १ विगाहको बनाउने समितिले जनाएको छ । पोखरीलाई यस अघि पनि गाउँपालिकाले २० लाखको खर्चमा पोखरी गहिरो खनेर ‘कान’ जस्तै आकार दिएको छ । खुल्ला व्यायाम शालको लागि आइतबारे बजार, जहदा, बरगाछि र कानेपोखरी चोकका स्थानीयहरुलाई सहज हुने छ ।