असोज ४ गते, इटहरी । पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा दिपाश्रीलाई नियुक्त गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि सो जानकारी गराइएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र निर्देशक एवम् कलाकार दिपकराज गिरि रहेका थिए ।
अतिथिहरुमा चलचित्र पत्रकार संघ प्रदेश १ अध्यक्ष अरुण प्रधान,कलाकार एवम् मोडल चलचित्र पत्रकार संघ प्रदेश १ महासचिव दिनेश कोइराला आदि रहेका थिए । चलचित्र पत्रकार सुनसरीका अध्यक्ष बिनोद बिश्वकर्मा , पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनका उपाध्यक्ष विशाल डोटेल, संस्थाकी फाउन्डर बिनिता कार्की राउत, डिथ्री अनलाइनका सुवास श्रेष्ठ संकल्प एवम् चलचित्र बिटका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको सल्लाहकार समितिको पनि गठन गरिएको थियो । समितिमा वरिष्ठ सल्लाहकारमा चलचित्र पत्रकार संघ प्रदेश १ अध्यक्ष अरुण प्रधान यस्तै प्रकाश सुब्बा र दिनेश कोइरालालाई मनोनीत भएका छन् ।
सो संस्थाका सिइओ एवम फाउन्डर रनिश राउतले कार्यक्रमको बारेमा प्रकाश पार्दै अब कुनै पनि कलाकारले पढ्न काठमाडौं जान नपर्ने बताए । यस्तै उनले यहाँ कला क्षेत्रका सम्पूर्ण कक्षा सन्चालनमा रहेको पनि जानकारि दिएका छन् । सो सस्थामा टिचर विशाल डोटेल, सजल लोप्चन लगायत रहेका छन् ।
सो कलेजको सभा हलमा आयोजना भएको कार्यक्रममा राज कुमारी तामाङले संचालन गरेकी थिइन भने सभाको अध्यक्षता संस्थापक सृजना राउतले गरेका थिए ।