कात्र्तिक १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहित तीन जना सम्मानित भएका छन् ।
मंगलबार वडा नम्बर–१० मा अवस्थित शिविरमा आयोजित कार्यक्रममा शिविर व्यवस्थापन समितिले नगर प्रमुख राई र नगरको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेलाई सम्मानपत्रले सम्मान गरेको हो । शिविरमा बाटिका बाल विकास केन्द्र स्थापना गराई भूटानी शरणार्थी बालबालिकाको शिक्षाको क्षेत्रमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको शिविर सचिव चम्पासिंह राईले जनाए । सो अवसरमा शिविरमा सहयोगको वातावरण सिर्जना गर्र्दै नेपाली लोक दोहोरी क्षेत्रमा योगदान पुर्याउने इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेललाई पनि सम्मानित गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख राईले ंतेस्रो मुलुक पुनस्र्थापना भएका भूटानी शरणार्थीहरुको संस्था जीबीओको सहयोगमा निर्मित ३ कोठे बाल विकास केन्द्र भवनको उद्घाटन् गर्दै शरणार्थीहरुका लागि नगरले पुर्याउन सक्ने सहयोग सधैं पुर्याइरहने वताए । बालबालिकाको मनोसामाजिक, संवेगात्मक र भौतिक विकासका लागि स्थापित बालविकास केन्द्रमा हाल शिविरका ३ देखि ४ वर्षका ३९ जना बालबालिका रहेका छन् । उनीहरुका लागि शैक्षिक सामग्री समेत वितरण गरिएको छ ।
कार्यक्रममा, प्रसिद्ध लोक गायक एलपी जोशी, लोक गायकहरु सिताराम ताजपुरिया, विशाल राई, बालकृष्ण कार्की, बालकृष्ण सिग्देल, महेश बुढाथोकी सहित इन्द्रेणी कार्यक्रमका कलाकारहरु सहभागि थिए । इन्द्रेणी कार्यक्रमबाट लोकदोहोरी समेत प्रस्तुत गरिएको छ ।