अध्यक्षकी श्रीमतीलाई गाउँपालिका कार्यालयमा भान्सेको जागिर

साउन १५ गते, अछाम । गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति गरेका छन ।

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिकाको भान्से पदमा नियुक्ति गरेको हो ।

उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३ सय तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् ।

सम्बन्धित खवर