शनिबार, जेष्ठ ३०, २०८३

जनकल्याण जीतको हाट्रिकमा र जनसेवा, माउण्ट, पिनाकल, पर्ल एकेडेमी जीतको सुरुवात

फागुन १७ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुको दिन जनकल्याण माध्यामिक विद्यालयले ५ वटा खेलमा प्रथम स्थान हासिल गरेर जीतको हाट्रिक गरेका छन् । त्यसैगरी अन्य खेलहरुमा जनसेवा मावि, माउण्ट हर्मन, पिनाकल ज्ञानमन्दिर र पर्ल एकेडेमी स्कुलले भने विजयको सुरुवात गरेका छन् ।

शनिबारको खेलमा छात्र तर्फ १ सय मिटर दौडमा प्रथम पिनाकल ज्ञान मन्दिर, द्धितीय श्रीमाविबाट दिपेश माझी भौसाबारी, तृतीयमा जनकल्यण माविबाट दिपेश जोशी भएका छन् । त्यसैगरी छात्रा तर्फ १ सय मिटर दौडमा प्रथम जनकल्यण माविका आकृती दुलाल, द्धितीय शिक्षा विकास माविका पुजा राजवंशी, तृतीय जनसेवा माविका मनिका सिटौला भएका छन् ।

त्यसैगरी ४ सय मिटर दौडमा छात्र तर्फ प्रथम जनकल्याण माविका सुरज लिम्बु, द्धितीय शिक्षा सदन माविका शिवलाल मुर्मु, तृतीय आर्दश बोर्डिङ स्कुलका प्रमिस बुढाथोकी रहेका छन् । त्यसैगरी ४ सय मिटर दौडमा छात्रा तर्फ प्रथम जनसेवाबाट इच्छा निरौला, द्धितीय जनकल्याणबाट चन्दा जोशी र तृतीय पिनकाल ज्ञान मन्दिरबाट दिपमाला श्रेष्ठ रहेका छन् ।

त्यसैगरी १५ सय मिटर दौडमा छात्र तर्फ प्रथम जनसेवा माविबाट रोषन विक, द्धितीय सिंहदेवीबाट भिजन गुरुङ र तृतीय आर्दश बोर्डिङ स्कुलबाट सूर्यकिरण गुरुङ रहेका छन् । त्यसैगरी १५ सय मिटर दौडमा छात्रा तर्फ प्रथम जनकल्याण माविबाट सृजना पुरी, द्धितीय माउण्ट हर्मन चिल्डेन एकेडेमीबाट विविशा खड्का र तृतीय जनसेवा माविबाट रुपा खत्री रहेका छन् ।

त्यसैगरी लङजम्पमा छात्र तर्फ प्रथम पिनाकल ज्ञान मन्दिर अमन ओझा, द्धितीय जनसेवा माविका सन्देश लावती, श्रीमावि भौसाबारीबाट दिपेश माझी रहेका छन् । त्यसैगरी लङजम्पमा छात्रा तर्फ प्रथम जनसेवा माविबाट रक्षा धिमाल, द्धितीय श्रीमावि भौसाबारीबाट अंशु धिमाल, तृतीय बालमाविबाट प्रिया चौधरी रहेका छन्।

त्यसैगरी त्रिपलजम्पमा छात्र तर्फ प्रथम पिनाकल ज्ञान मन्दिरबाट अमन ओझा, द्धितीय श्रीमावि भौसाबारीबाट दिपेश माझी र तृतीय जनकल्याण माविबाट लक्षमण मण्डल रहेका छन् । त्यसैगरी लङजम्पमा छात्रा तर्फ प्रथम जनकल्याण माविबाट आकृती दुलाल, द्धितीय पिनकाल ज्ञान मन्दिरबाट स्मृती सुवेदी र तृतीय श्रीमावि भौसाबारीबाट रिमा माझी रहेका छन् ।

त्यसैगरी सर्टपुटमा छात्र तर्फ प्रथम पर्ल एकेडेमीबाट रोषन माझी, द्धितीय पिनाकल ज्ञानमन्दिरबाट छत्रमनी श्रेष्ठ र तृतीय आर्दश बोर्डिङबाट अगम गुरुङ रहेका छन् । त्यसैगरी सर्टपुटमा छात्रा तर्फ प्रथम जनकल्याणबाट जमुना खजुम, द्धितीयमा श्रीमावि भौसाबारीबाट रिमा माझी र तृतीयमा फ्रान्सा माझी रहेका छन् ।

त्यसैगरी सर्टपुटमा छात्र तर्फ ज्यामलिङ थ्रोमा प्रथम माउण्ट हर्मन चिल्डेनबाट मन्जील गुरुङ, द्धितीय पिनाकल ज्ञान मन्दिरबाट नरेन्द्र सेन्चुरी र तृतीयमा पर्लएकेडेमीबाट रोषन कुमार माझी रहेका छन् । त्यसैगरी सर्टपुटमा छात्रा तर्फ जनकल्याण माविबाट जमुना खजुम, द्धितीय माउण्ट हर्मन चिल्डेन र तृतीय आर्दश बोर्डिङ स्कुल रहेका छन् ।  प्रतियोगितालाई शनिबार मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेलले उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.