बुधबार, मंसिर ३, २०८२

कानेपोखरी नेकपाद्धारा सामुहिक धान रोपाई

असार १५ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटीको आयोजना सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न् भएको छ ।

सोमबार विहान ९ बजेदेखि वडा नं. ४, को काशीनाथ जोगीको जग्गामा धान रोपेको हो । धान रोपाई कर्यक्रममा नेकपा प्रदेश सदस्य इन्द्रबहादुर लिम्बु, नेकपाका गाउँकमिटी इन्चार्ज राजेन्द्र मण्डल, सहइन्चार्ज अम्बिका अर्याल, गाउँ अध्यक्ष भोला अधिकारी, सचिव मनोज राजवंशी, कार्यलय सदस्य दानबहादुर बस्नेत, राष्ट्रिय युवा संघ मोरङ अध्यक्ष नविन पौडेल, गाउँ संयोजक कुमार फुयल लगाएतको उपस्थितमा धान रोपाई गरेको हो ।

धान रोपी सकेर दही चिउँरा खार्दै समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा गाउँअध्यक्ष अधिकारीले नेकपा कानेपोखरीले असार १५ गते विगत देखि नै धान रोपाई कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.