भदौ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नंं. ४ मा एकजना व्यक्तिमा कोरोना पोजेटिभ देखिए पछि वडा सिल गरिएको छ ।
बुधबार दिउँसो पोजेटि भएको रिपोर्ट आएपछि वडापालिका सहित सर्वदलिय बैठकले अर्को सूचना नआउजेल सम्म वडापुरै सिल गरेको हो । वडाका सवै नाका बन्द रहने, नारायण चोक पूर्वको भोलुङ्गे पुलमा विहिबार देखि आवगमन बन्द गर्ने लगाएत निर्णय गरेको छ । यो संगै कानेपोखरीमा संक्रमितको संख्या ३ पुग्यो ।
गत शुक्रबार वडा नं. –३ मा एकजना पुरुषमा कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो । नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत वडाका एकजनामा कोरोना देखिएपछि साउन ५ गते सम्म वडा सिल गरेको छ ।
कोरोना भाइरस संक्रमण समुदायमा फैलिए पछि गाउँपालिकाले त्यसको रोकथाम र नियन्त्रण लागि भदौ १ गते देखि ७ गते सम्म लकडाउन थप गरेको थियो ।
गाउँपालिकले खाद्य मल, भेटनगरी, औषधी पसलहरु, दुधजन्य पदार्थ र विपत व्यवस्थापन कार्य बाहेक सवै बन्द रहने निर्णय गरेको छ ।
यस अघि गाउँपालिकाले साउन २२ गते राती १२ बजे देखी २९ गते राती १२ बजे सम्म लकडाउनको घोषना गरेको थियो । त्यस पछि फेरी तीन दिन साउन ३२ गते सम्म लकडाउन थप गरेको थियो ।