आदरणीय आमावुवा, दाजुभाई, दिदि बहिनीहरु सदियौँदेखि मनाउँदै आएको हामी नेपालीहरूको पर्व बडादशैँ घरघरमा आइपुगेको छ । साथसाथै कोरोना भाइरस पनि घरघरमा प्रवेश गर्ने र कतिपय घरमा प्रवेश गरिसकेको छ । यो विषम परिस्थितिलाई ख्याल गर्दै आ–आफ्नो घरमा सिमित रही चाडपर्व मनाऔँ । आफू र आफ्नो परिवारलाई स्वास्थ्य राखौं र अरूलाई पनि स्वास्थ्य राख्ने वातावरण मिलाऔँ भन्दै २०७७ सालको बडा दशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद