खेलकुद

तेस्रो खोरिया च्यालेन्ज कप हुँदै, विजेताले १ लाख २१ हजार पाउने

२ असोज, मोरङ । कानेपोखरी ४, खोरियाको खेलमैदानमा ‘तेस्रो खोरिया च्यालेन्ज कप २०८३’ फुटबल प्रतियोगिता हुने भएको छ । मातृभूमि समाज सेवा युवा क्लबको आयोजनामा कात्र्तिक १० गतेबाट च्यालेन्ज कप हुन लागेको हो ।

पहिलो र दोस्रो च्यालेन्ज कप प्रतियोगित सम्पन्न गरिसको क्लबले ‘तेस्रो खोरिया च्यालेन्ज कप २०८३’ फुटबल प्रतियोगिताको तयारी तिब्ररुपमा गरिरहेको क्लबले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि कुल ८ लाख रुपैयाँको बजेट लाग्ने क्लबले जनाएको छ । नियमित आय स्रोतको अभावमा पनि स्थानीय तह, खेलप्रेमी, व्यापारी तथा विदेशमा रहेका शुभचिन्तकहरूको सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार विजेताले नगद १ लाख २१ हजार १ सय २१ रुयैया र उपविजेताले टोलीले नगद ८१ हजार ८१ रुयैया प्राप्त गर्नेछन् । नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पनि प्राप्त गर्ने छन् ।

प्रतियोगिता सञ्चालनका लागि मुख्य आर्थिक स्रोत कानेपोखरी गाउँपालिकाबाट २ लाख, निजी विद्यालय, स्थानीय व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरूबाट १ लाख २० हजार , मुख्य सह–प्रायोजकबाट १ लाख, स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरूबाट १ लाख, र अन्य प्रायोजकहरूबाट ८० रुपैया संकलन हुने आयोजकले अपेक्षा गरेको छ ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको प्रोत्साहन र सामुदायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितालाई सफल बनाउन स्थानीय समुदाय तथा सरोकारवालाहरूबाट पूर्ण सहयोग प्राप्त हुनेमा आयोजक क्लबले विश्वास गरेको छ ।

प्रतिक्रिया