मुख्य खबर

वैदेशिक रोजगारीमा रहेका ३१ नेपालीको सहयोगमा बन्यो क्लब भवन, आय–व्यय सार्वजनिक

२७ भदौ, पथरी । मोरङको पथरी शनिश्चरे–८, बतासेली चोकस्थित शु संयुक्त समाज सेवा समूहको क्लब भवन निर्माणको लागि विभिन्न देशमा रहेका नेपाली तथा स्वदेशमै रहेका व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् ।

कतार, कुवेत, दक्षिण कोरिया, साउदी अरब, दुबई, मलेसिया, अष्ट्रेलिया, साईप्रस लगायतका देशमा कार्यरत ३१ जना नेपालीहरुबाट २ लाख ८५ हजार ४ सय ४५ रुपैया सहयोग प्राप्त भएको थियो ।

सहयोगीहरूको नाम र रकमसहितको विवरण तल राखिएको छ । सहयोग गर्नेहरुमा सुनिल माझीबाट १० हजार रुपैयाँ , कविता माझीबाट ६ हजार ३ सय ११ रुपैयाँ , गम्भीरमान राईबाट १० हजार रुपैयाँ , रमेश राईबाट १० हजार रुपैयाँ , लोकेन्द्र गालेबाट १० हजार १ सय ११ रुपैयाँ , सूर्य चालिङ राईबाट ७ हजार रुपैयाँ , पदम राईबाट १० हजार २० रुपैयाँ, किरण बि.क.बाट १० हजार ५ सय ५५ रुपैयाँ, विकास राईबाट १० हजार रुपैयाँ, दिपक तामाङबाट १० हजार २ सय २२ रुपैयाँ , नवीन राईबाट १० हजार १ सय ५ रुपैयाँ, रोशन राईबाट १० हजार १ सय ५५ रुपैयाँ, रुपक तामाङबाट १० हजार १ सय ५ रुपैयाँ, विनोद राईबाट १० हजार १ सय रुपैयाँ, धनराज माझीबाट १० हजार २५ रुपैयाँ , प्रेम + प्रकाश निरौलाबाट १० हजार रुपैयाँ , अज्ञात व्यक्तिबाट ५ हजार रुपैयाँ, कर्ण श्रेष्ठबाट ५ हजार १ सय रुपैयाँ , प्रताब राईबाट ५ हजार १ सय रुपैयाँ , जीवन राईबाट १० हजार ५० रुपैयाँ , विजय मगरबाट ११ हजार रुपैयाँ , विकाराम श्रेष्ठबाट १० हजार १ सय पाँच रुपैयाँ , प्रदिप तामाङबाट १० हजार ६ सय ६६ रुपैयाँ , राम राईबाट ५ हजार १ सय ५ रुपैयाँ , नानु गौतमबाट १ हजार ५ रुपैयाँ , उत्तम कुमार राईबाट १० हजार १ सय २० रुपैयाँ , बिरु लिम्बुबाट ११ हजार १ सय ११ रुपैयाँ , सिता राईबाट ५ हजार १ सय रुपैयाँ , राजकुमार माझीबाट १० हजार ५ रुपैयाँ , प्रवत माझीबाट ५ हजार १ सय ५ रुपैयाँ , धिरन्त आले मगरबाट १० हजार रुपैयाँ गरी जम्मा २ लाख ८५ हजार ४ सय ४५ रुपैया सहयोग गरेको चित्र लिम्बुले बताए ।

भवनको हिसाब सार्वजनिक
शु संयुक्त समाज सेवा समूहले भवन निर्माण सम्पन्न भएपछि आफ्नो आय–व्यय विवरण सार्वजनिक गरेको छ । संस्थाले सामाजिक गतिविधि तथा क्लब विकास निर्माणका लागि प्राप्त आम्दानी र गरिएको खर्चको विवरण सार्वजनिक गरेको हो ।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्रोतबाट गरी कुल ४ लाख १० हजार ११६ रुपैयाँ आम्दानी भएको छ ।
आम्दानीमध्ये वैदेशिक सदस्यहरूबाट २ लाख ८५ हजार ४४५ रुपैयाँ, स्वदेशी बाट २४ हजार ६७१ रुपैयाँ र पथरी शनिश्चरे–८ वडा कार्यालयबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको विवरणमा उल्लेख छ ।

यस्तै, संस्थाले उक्त भवन निर्माण अवधिमा हार्डवेयर सामग्री, सिमेन्ट, बालुवा तथा गिट्टी, इँटा, ढुवानी, मजदुरी तथा ज्याला, रङ, ब्रस तथा मर्मत सामग्री, श्रमदान तथा विविध कामको खाजा, फलामको ट्रस्ट, टिन, ढोका तथा झ्याललगायत विभिन्न शीर्षकमा खर्च गरेको क्लबका अध्यक्ष गीता वि.कले जनाए ।
सार्वजनिक विवरणअनुसार खर्च ४ लाख ३ हजार ४९५ रुपैयाँ रहेको छ भने बाँकी मौज्दात ६ हजार ६२१ रुपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रिया