८ असोज, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले भारी वर्षा, बाढी, पहिरो तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बिहिबार कानेपोखरी गाउँपालिकाकोले एक सूचना जारी गर्दै असोज ९ गते शुक्रबार गाउँपालिका क्षेत्रका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको हो ।
कानेपोखरी क्षेत्रमा समेत मौसम प्रतिकूल देखिएकाले विद्यार्थी तथा शिक्षकको सुरक्षालाई ध्यानमा राख्दै शुक्रबार एक दिनका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, बाढी, पहिरो तथा चट्याङको सम्भावना रहेको सूचना जारी गरेको थियो । सोही आधारमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्रअनुसार स्थानीय तहलाई आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने व्यवस्था गरेको थयो ।




प्रतिक्रिया