मुख्य खबर

कानेपोखरीमा कांग्रेसको गाउँपालिका अधिवेशन सम्पन्न, सभापतिमा देवेन्द्र थापा निर्वाचित

१० असोज, कानेपोखरी । नेपाली कांग्रेसको १५ औं कानेपोखरी गाउँपालिका अधिवेशनबाट गाउँपालिका कार्यसमितिको सभापतिमा देबेन्द्र थापा निर्वाचित भएका छन् ।

शुक्रबार वडा नं. ६ को रमाइलो जनएकताको सभाहलमा सम्पन्न अधिवेशनले थापालाई सभापतिमा निर्वाचित गरेको हो । थापाले ८६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले ६६, डम्बरबहादुर बुढाथोकीले ३४ र नरेन्द्रबहादुर भट्टराईले ३ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापति पदमा सूर्यबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले ११८ मत प्राप्त गरे । उपसभापतिका अर्का उम्मेदवार भीमबहादुर कार्कीले ५१ र शिवप्रसाद उपाध्यायले १५ मत प्राप्त गरेका थिए ।

सचिव पदमा सन्तोष लिम्बू निर्वाचित भएका छन् । उनले १३० मत प्राप्त गर्दा प्रतिस्पर्धी नरबहादुर राईले ५२ मत प्राप्त गरेका थिए ।
जम्मा मतदाता संख्या २११ रहेकोमा २०४ मत खसेको र ९ मत बदर भएको निर्वाचन अधिकृत सूर्य बहादुर योगाङले जनाए ।त्यस्तै सहसचिव रुक कुमार गुरुङ र अन्य खुला, महिला, युवा तथा दलित सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । वडा नं. १ देखि ७ सम्मका खुला र महिला सदस्यका साथै युवा समूहबाट प्रतिनिधित्व गर्ने सदस्यहरू निर्वाचित गरेको छ ।

त्यस्तै खुल्लामा वडा नं. १ का राजेन्द्र कार्की र गोमादेवी भण्डारी, वडा नं. २ का विक्रम राजवंशी, वडा नं. ३ का वीरबहादुर लिम्बू र गोमा क्षेत्री, वडा नं. ४ का बडीप्रसाद दुलाल र सरिना थापा, वडा नं. ५ का कमल वि.क. र धनकुमारी डडका, वडा नं. ६ का शिवप्रसाद ओझा र रमला धमला तथा वडा नं. ७ का युवराज गौतम र निर्मला अधिकारीलगायत रहेका छन् ।

यसैगरी युवा समूहअन्तर्गत इश्वरा लिम्बू , सन्दिप खत्री, सुमिना राई, डम्बरकुमारी वि.क. र गोपाल कालिकोटे रहेका छन् ।

प्रतिक्रिया