प्याब्सन मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित

पुस ५ गते, विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् ।

२०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्विरोध निर्वाचत भएको थिएन । यसअिघ कार्यबहाक भएर सावित्री पराजुलीले चलाएकी थिइन् । निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुन् ।

विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलकी प्रिन्सिपलसमेत रहेकी सुब्बाले निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने बताएकी छिन् ।

शनिबार सम्पन्न भएको प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल निर्वाचित भएका छन् । अध्यक्षमा सुब्बा र वरिष्ठ उपाध्यक्षमा सुवाल निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदाधिकारीको चार पदमा निर्वाचन भएको थियो । दुई जना उपाध्यक्षको पदमा तीन जनाले उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा भक्तराज सुब्बाले १ सय ७ मत र सुरेन्द्र सुवेदीले १ सय ३१ मत ल्याएर बिजयी भए । इन्द्र राईले ९८ मत ल्याएर उपाध्यक्षमा पराजित भए । सचिबमा जगत बहादुर बस्नेतले ९९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी देवी सिटौलाले ७९ मत ल्याए ।

कोषध्यक्षमा विष्णु डंगोलले १ सय ३ मत ल्याएर निर्वाचित हुदा उनक प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ६८ मत ल्याए । सह–सचिबमा मनोज रेग्मी र विकर्ण कार्की निर्विरोध भए । सह–कोषाध्यक्षमा गोलाप्रथाबाट भुपाल बस्नेत निर्वाचत भए । निर्वाचनमा उनीहरूको सह–कोषाध्यक्षमा समान ८७÷ ८७ मत ल्याएर थिए । समान मत आएपछि गोलाप्रथाबाट बस्नेत निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यहरुमा रुद्र थापा, दिपक प्रसाद घिमिरे, कमल प्रसाद तिम्सिना र मणिराज भट्टराई निर्विरोध भएका छन् । प्याब्सनमा पालिका तर्फबाट पनि १÷१ जना सदस्य चयन हुने गर्दछ । पालिकातर्फको लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्सीदेखि कसराज राजवंशी, उर्लाबारीदेखि रियन्द्र बहादुर थापा, मिक्लाजुङदेखि अमित खड्का निर्विरोध भए ।

यस्तै पथरी शनिश्चिरेदेखि राजु तिम्सिना, रतुवामाइदेखि छविलाल बास्कोटा, रंगेलीदेखि जिवन खनाल, विराटनगरदेखि सिएम श्रेष्ठ, कटहरीदेखि सिताराम विक निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । बेलबारी र सुन्दरहरैचाबाट सदस्य छनौटमा निर्वाचन भयो ।

बेलकारीका तेज बहादुर खत्रीले १ सय २२ मत ल्याएर निर्वाचत भए । उनका प्रतिस्पर्धी महेन्द्र गिरीले ५७ मत ल्याए । यस्तै सुन्दरहरैचका अर्जुन ढाकालले १३२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी गणेश प्रसाद दाहालले ४७ मत मात्र पाए ।

 

 

सम्बन्धित खवर