नगरको योजना अनुगमन्

बैशाख १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज २ योजनाको अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्बर १० को खगेन्द्र खड्काको घर पश्चिम जाने बाटोमा ग्राभेल कार्यको अनुगमन् गरेको छ ।

सांसद सूयर्माराज राईमार्फत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ६ लाख र उपभोक्तबाट समेत गरी ६ लाख ६१ हजार ६ सय ५८ रुपैयाँको बजेटमा ४ सय २० मिटर बाटोमा माटो पूर्ने, ग्राभेल र ह्यूमपाइप लगाउने काम सम्पन्न भएको छ ।

त्यस्तै, वडा नम्बर ५ स्थित चमेरे चोकपूर्वको होलीमा नगरको ५ लाख ५० हजार बजेटमा ३६ मिटर लम्बाई, ८ फिट उचाईको रिटेनिङ वाल निर्माण सम्पन्न योजनाको पनि अनुगमन् भएको छ ।

सम्बन्धित खवर