आइतवार, साउन १०, २०८३

कृषकहरुलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना

असार १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव धान रोपेर मनाएको छ । बुधबार वडा नंं.– ३ को पाथिभरा कृषि तथा पशुपालन कृषक समूहको व्यवस्थापनमा धानको विऊ रोपेर धान दिवस मनाएको हो ।

धान रोप्नु अघि औपचारीक कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले गाउँपालिकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । कृषकहरुको लागि खेती गर्न आधुनिक औजारहरु अनुदानमा वितरण गर्ने, शितभण्डार, कोल्ड स्टोर, उत्कृष्ट कृषकलाई सम्मान जस्ता कार्यक्रम ल्याइएको बताइन् । कृषीलाई अर्गानिक तर्फ जोड दिने कुरामा विशेष जोड दिइन् ।गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले कृषी क्षेत्र तर्फ क्रमश सुधार गरी कृषी पेशालाई मर्यादित बनाउदै कृषकहरु आत्म निर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको बताएका थिए । कृषी व्यवसायलाई व्यवसायीकरण गर्नको लागि नयाँ परियोजना ल्याएको बताए । कार्यक्रममा प्रमुखप्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ४ का वडाध्यक्ष रमेश राउत लगाएतले बोलेका थिए । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष खड्ग बस्नेत, जिन्सी शाखा प्रमुख यादव निरौला,कृषी शाखाबाट सागर पौडेल पनि उपस्थित रहेका थिए ।

पाथिभरा कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष गोपाल कार्कीको सभापतीत्वमा भएको कार्यक्रममा अधिकृत गोविन्द फुयलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम समापन पछि दही, कोला, आँप र चिउरा खाएर धान रोपेका थिए ।

तस्विर : राजकुमारी तामाङ

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.