किरात प्रदेश मान्ने उमेद्वारलाई मात्र भोट हाल्न यायोक्खाको निर्देशन

भदौ ११ गते, पथरी । किरात राई यायोक्खा सम्बद्ध कार्यकर्ताहरुलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरुलाई भोट दिन निर्देशन दिएको छ ।

यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरुले निर्देशन दिएका हुन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य काशिहाङ राई लगायतले बोलेका थिए ।

पाँच बर्षमा प्रदेश १ मा बनेको तीन वडा सरकार र प्रदेश सभाले १ नं. प्रदेशको नाम राख्न नराख्नुको कारण र मंसिर ४ गतेको निर्वाचित भए प्रदेशको नाम किरात राख्न पहल गर्ने, नगर्ने सोधेर मात्र भोट दिनुपर्ने बक्ताहरुले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले ल्याउने घोषण पत्रमा पहिचान वा किरात प्रदेश छछैन र किरात प्रदेश उल्लेख भए प्रतिबद्धता बारे सोधेर मात्र भोट हालिने बक्ताहरुले बताए ।

किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता भएकोले प्रदेशको नाम राखिए भत्र शान्ति र संमृद्धि संभवहुने बताए । पछिल्लो १९ बर्षदेखि (छैठौं) महाधिवेशनदेखि १ नं. प्रदेशको नाम किरात राख्न यायोक्खाले गाउँगाउँबाट अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको छ ।

बक्ताहरुले नेपालमा २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणा गर्न समेत माग गरेका छन् । कार्यक्रममा नगर सम्मेलन आयोजक समितिको संयोजक प्रेमकुमार राईले भावि कार्ययोजना, सचिव निर्मला राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सम्बन्धित खवर