४० जना बालबालिकालाई न्यानो कपडा वितरण

पुस १३ गते, विराटनगर । विराटनगर– २ स्थित जनता नमूना माध्यामिक विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मंगलबार नेकपा एमालेको मोरङ– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुभाष सिग्देलले न्यानो कपडा वितरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक ईश्वर प्रसाद घिमिरे पूर्व विद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगत, सचिवद्वय प्रकाश उप्रेती र राम कुमार निरौलासहित विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिति मा पूर्वविद्यार्थी समेत रहेका सिग्देलले न्यानो कपडा वितरण गरेका थिए ।

सिग्देल र पूर्व विद्यार्थी ज्योत्सना बस्नेतको संयुक्त पहलमा ज्याकेट र एक जोर मोजा वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा नवगठित पूर्व विद्यार्थी संघका अध्यक्ष उमेशकुमार भगतले विद्यालय र विद्यार्थीको हितका लागि संघले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सम्बन्धित खवर