विश्व आत्महत्या रोकथाम दिवसमा विद्यार्थीद्धारा कानेपोखरीमा र्याली

राजकुमारी तामाङ
भदौ २४, बयरवन । मोरङको कानेपोखरी गाँउपालिकाले विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ । आइतबार आत्महत्या रोकथाम न्यूनिकरण गर्ने सम्बन्धि प्लेकार्ड बोकी सामुदायिक र निजी स्कुलका विद्यार्थीद्धारा र्यालीको आयोजना गरी दिवस मनाएको हो ।

विद्यार्थीहरुले ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मुल नारा लगाउँदै गाँउपालिकाको कार्यालय हुदै रमाइलो बजार, चोक घुमेर पुन गाँउपालिका आएर कोषसभा गरी समापन गरिएको थियो । पश्चात जनसेवाको प्राङ्गगणमा औपचारिक कार्यक्रमको आयोजना भएको थियो ।

कानेपोखरी पनि आत्महत्यादर बढदो छ । हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिन्छ ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले सम्बोधन गरेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, शिक्षक र कर्मचारी पनि सहभागिता रहेका थिए ।

सम्बन्धित खवर