भगिराज लिम्बुको नेतृत्वमा लोकतान्त्रिक आदिवासी महासंघ कानेपोखरी गठन

भदौ २९, पथरी । नेकपा एमालेको भात्री संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कानेपोखरी गाउँ पालिका कमिटीको दोस्रो अधिवेशनले भगिराज लिम्बुको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन भएको छ ।

रमाइलो बहुमखी क्याम्पसमा शुक्रबार भएको अधिवेशनले अध्यक्षमा भगिराज लिम्बू सर्वसम्मत चयन भएको हो । त्यसैगरी उपाध्यक्षमा उपाध्यक्षमा सुरज तामाङ, महिला उपाध्यक्षमा शुसिला धिमाल, सचिवमा नरबहादुर लिम्बू, सहसचिवहरुमा आनन्द धिमाल र गोपाल धिमाल चयन भएका छन् ।

अधिवेशन चिरञ्जीवी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगकी केन्द्रीय सदस्य राजमती ईङनामको प्रमुख आतिथ्यता भएको थियो । त्यस्तै विशिष्ट अतिथि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष प्रभाग खवास रहेको थियो भने पार्टी जिल्ला सदस्य सत्यनारायण राजवंशी, गजेन्द्रराज लिम्बू लगायतको आतिथ्यता रहेको थियो ।

 

सम्बन्धित खवर