असोज ६, पथरी । पथरी शनिश्चरे ८, वडा कार्यालयले वडा भित्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४५ जना छात्राछात्रलाई शैक्षिक सामाग्री प्रदान गर्ने तयारी गरेको छ ।
वडाको “वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत वडाका अति विपन्न वर्गका छात्राछात्रलाई शैक्षिक सामाग्री प्रदान गर्ने तयारी गरेको हो । वडाले यस शैक्षिक सत्र सम्म पुग्ने गरी स्कुल पोषाक, ब्याग, जुत्ता, मोजा, टाई, बेल्ट, कापी र कलम जस्ता शैक्षिक गतिविधिका सामाग्री निशुल्क प्रदान गर्ने वडाध्यक्ष नविन कार्कीले बताए ।
वडा कार्यालयले अति विपन्न विद्यार्थी छनोटगरी वडा कार्यालयमा नामावली पठाउन भदौ २७ गते वडाका तीनवटा विद्यालयलाई पत्र पठाई सकेको छ । वडामा बुद्ध माबी, दुर्गा आधारभूत र मिलन आधारभूत बिद्यालय गरी तीनवटा विद्यालय छन् ।