२९ असोज, कानेपोखरी । मोरङको कानेपोखरी–५ स्थित जनजागृति सामूदाययिक बनको २२ औं साधारणसभा सम्पन्न भएको छ ।
सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका ८ जना विद्यार्थीलाई जनही २ हजार ५ सयका दरले छात्रवृति प्रदान गरिएको छ । छात्रवृति प्राप्त गर्नेमा जनता आधारभुत विद्यालयका प्रनुस राई, जयन्ती चेम्जोङ, मनिषा नेपाली र सायद श्रेष्ठ रहेका छन् । त्यस्तै मैनावारी आधारभुत विद्यालयका रिया पौडेल, निखिल राई, मलिका हेमरम र सुरेस हेमरमलाई पनि २ हजार ५ सय नगद छात्रवृति प्रदान गरिएको थियो ।
साधारणसभाको उद्घाटन कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले गरेकी थिइन् । उनले सामूदायिक वनले महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सामूदायिक बन महासंघ कोशी प्रदेशका सचिव रेणुका दाहालले सरकारले सामूदायिक बनलाई निचोरेर कर तिर्न बाध्य बनाइरहेको बताइन् ।
सामूदायिक वनका अध्यक्ष भोजराज श्रेष्ठले गत वर्षको प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना पेश गरेका थिए । साधारणसभामा संस्थाका कोषाध्यक्ष इन्द्रकुमारी लिम्बूले गत वर्षका यथार्थ आम्दानी र खर्च तथा आगामी आवको अनुमानित आयब्यय प्रस्तुत गरेका थिए । साधारणसभामा लेखा समितिका सदस्य छत्रबहादुर विश्वकर्माले आन्तरिक लेखा प्रतिवेदन र अनुगमन समितिका संयोजक तीर्थबहादुर कार्कीले अनुगमन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, सामुदायिक महासंघ कोशी प्रदेशका सदस्य अग्नि पौडेल, जिल्ला महासंघका मोरङका कार्यवहाक अध्यक्ष मदन पोख्रेल र कानेपोखरी गाउँपालिका महासंघका अध्यक्ष नवीन राईको उपस्थिति थियो ।