बैशाख १७ गते, पथरी । मोरङको कानेपोखरी गाउापालिकामा स्थापित लायन्स क्लब अफ कानेपोखरीको प्रेसिडेन्टमा गणेश सुवेदी चयन भएका छन् ।
२०२० जुलाई १ बाट कानेपोखरीमा क्बलमार्फत काम गर्ने गरी दोस्रो कार्यकालको लागी नयाा समिति चयन भएको हो । सचिवलायको मंगलबार प्रसिडन्ट कुमार फुयलको अध्यक्षमा बसेको बैठकले गणेश सुवेदी प्रसिडेन्टमा २२ सदस्य चयन गरको छ ।
त्यसैगरी क्लबको फस्ट भिपी डिल्ली प्रसाद फुयल, सेकेण्ड भिपी याम प्रसाद पौडेल(उमेश), थर्ड भिपी भोजकुमार श्रेष्ठ, सेक्रेटेरीमा कृष्णकुमारी दवाडी र ट्रेजरमा मनोज अधिकारी रहेको छ ।
क्लबको बोर्ड डाइरेक्टर भोला अधिकारीको उपस्थीतमा बैठक भएको थियो । एक बर्ष अघि लायन्स कुमार फुयलको अध्यक्षतामा लायन्स क्बल अफ कानेपोखरी गठन हुर्दै स्थापना भएको थियो ।
सो क्लबले बाढीपीडितलाई राहत, रक्तदान कार्यक्रम, लकडाउनमा स्वयम सेवक जस्ता कार्यक्रमहरु गर्दै आएको पूर्व प्रेसिडेन्ट कुमार फुयल बताउाछन् । यस क्लब मार्फत समाजमा अझ स्थापित भएर गतिविधिलाई तिव्र बनाउने नव गठित प्रसिडेन्ड गणेश सुवेदीले बताए ।