पथरीशनिश्चरे नगरमा घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण

साउन २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले घरघरमै सामाजिक सुरक्षा भत्ता पुर्याइदिएका छन् ।

भत्ता लिन बैंकमा आउन नसक्ने असक्तहरुको लागि घरघरमै भत्ता पुर्याई दिएको हो । यसै क्रममा वडा नम्वर १० ले आर्थिक वर्ष ०७६÷७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घरघरमा लगेर वितरण गरेको छ ।

असक्तहरुका लागि यस अघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको कार्यपालिका सदस्य मैनादेवी फुयल आचार्यले बताए ।

सम्बन्धित खवर