असार २८ गते, बयरवन । संञ्चारकर्मी सञ्चार सहकारी संस्थाबाट निगरानी टाइम्सका डेक्स सम्पादक राजकुमारी तामाङ पुरस्कृत भएका छन् ।
आइतबार संस्थाको दशौं स्थापना दिवसको अवसरमा कानेपोखरी–३ की तामाङलाई १० हजार नगद सहित कदर पत्रले पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघ मोरङकी सदस्य समेत रहेका तामाङलाई राससकी पूर्व कर्मचारी मिना श्रेष्ठद्धारा स्थापित ‘मिना श्रेष्ठ परिश्रमी महिला पत्रकार पुरस्कार–२०७७’ प्रदान गरिएको हो ।
श्रेष्ठ महिला पत्रकारिता पुरस्कार प्रदेश १ मा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । आगामी बर्षदेखि उक्त्त पुरस्कारको राशी २१ हजार प्रदान गर्ने श्रेष्ठका छोरा सुनिल श्रेष्ठले समारोहमा जानकारी दिए ।
तामाङ कानेपोखरी गाउँपालिकाबाट प्रकाशित हुने निगरानी अनलाइन पत्रिकामा एक बर्ष अघिदेखी डेक्स सम्पादकको रुपमा कार्यरत छन् । संस्थाले उनिसंगै ६ पत्रकारलाई पुरस्कृत गरेका थिए ।
मोरङ कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका राष्ट्रिय समाचार समिति प्रदेश १ का प्रम्ख मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष तारा आर्चाय, नेपाल पत्रकार महासंघ मोरङकी सदस्य एलिना दियाली पनि पुरस्कृत भएका हुन् ।
पुरस्कृत सवैलाई आज प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नगद र कदर पत्र सहित पुरस्कृत गरे ।